अब विकास निर्माणको कामले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब विकास निर्माणको कामले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् ।

विश्वासको मत पाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरूसँग छलफल थाल्ने बताएका हुन् ।

उनले भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुङ्ग्याउने र काम गर्ने विचार छ ।’

शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस