देउवाले गगनलाई हप्काउँदै भने : गठबन्धन विरोधी दुवै महामन्त्री बोल्नु पर्दैन « प्रशासन
Logo १९ जेष्ठ २०८०, शुक्रबार
   

देउवाले गगनलाई हप्काउँदै भने : गठबन्धन विरोधी दुवै महामन्त्री बोल्नु पर्दैन


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई ‘गठबन्धन विरोधी’ भन्दै हप्काएका छन्।

देउवाले संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा थापालाई हप्काउँदै बोल्न वञ्चित गरेका हुन्।

बोल्नका लागि थापाले माइक लिएर सभापतिसँग अनुमति माग्दा पनि उनले बोल्न दिएनन् । देउवाले भने, ‘गठबन्धन विरोधी दुवै महामन्त्रीले बोल्नु पर्दैन।’

चुनावअघि थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस