मावि अंग्रेजी शिक्षक पदमा ९७२५, नेपालीमा ९०९७ को आवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मावि अंग्रेजी शिक्षक पदमा ९७२५, नेपालीमा ९०९७ को आवेदन


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदमा परेको आवेदनको संख्या विषयगत रूपमा छुट्याएको छ ।

आयोगका अनुसार सबै भन्दा बढी अंग्रेजी विषय शिक्षकको लागि आवेदन परेको छ । आयोगले ८४ जना शिक्षक माग गरेकामा ९ हजार ७२५ जनाले आवेदन दिएका छन् ।

नेपाली विषयमा १११ पदका लागि ९ हजार ९७, गणित विषयमा २०८ पदका लागि ५ हजार ६२६, विज्ञान विषयमा १९१ पदका लागि ५ हजार २५०, सामाजिक अध्ययन विषयमा ५४ पदका लागि ६ हजार २२७, अर्थशास्त्र विषयमा ८ पदका लागि ४८८, कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ पदका लागि १ हजार ३९२ आवेदन परेको छ ।

त्यस्तै शिक्षा विषयमा १४८, स्वास्थ्य शिक्षा २१४, शुक्लयजुर्वेदमा २ जना, संस्कृत व्याकरणमा १३, संस्कृत भाषामा ३८, कम्प्युटर विज्ञानमा १०८, संस्कृत साहित्यमा ५ जना गरी माध्यमिक तहको शिक्षकका लागि ३८ हजार ३३७ आवेदन परेको जनाएको छ ।

आयोगले पुस २५ गते विज्ञापनमा खुलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस