प्रधानमन्त्रीज्यू आफ्नै मनलाई सोध्नुस् एमालेले समर्थन किन फिर्ता लियो : पौडेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीज्यू आफ्नै मनलाई सोध्नुस् एमालेले समर्थन किन फिर्ता लियो : पौडेल


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकारलाई दिएको समर्थन किन फिर्ता लियो भन्ने दुनियाँलाई थाहा भएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा बोल्दै एमालेले समर्थन किन फिर्ता लिएको भन्ने विषय प्रधानमन्त्रीलाई सबैभन्दा बढी थाहा भएको उनले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नै मनलाई सोधे हुन्छ एमालेले किन विश्वासको मत फिर्ता लियो भनेर । नेपालको इतिहासमा परराष्ट्र मन्त्रीप्रति जुन प्रकारको अपमान भएको छ । त्यो नेपालको मात्रै कुरा थिएन देशको इज्जतसँग जोडिएको विषय थियो । यो लुकेको कुरा होइन । सबैलाई थाहा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस