एमालेलाई सरकारबाट घोक्राएर निकालियो : पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमालेलाई सरकारबाट घोक्राएर निकालियो : पौडेल


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्राएर निकालिएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको उनले बताएका हुन् ।

सरकारमा उपप्रधानमन्त्री रहिसकेका पौडेलले प्रधानमन्त्रीको व्यवहार र अभिव्यक्तिबीच मेल नखाने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठुलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ? एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन।’

विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्रीले आफूले राष्ट्रिय सहमतिको विषय उठाउँदा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको विषयमा नेतृत्वले जवाफ दिनुपर्ने बताएका थिए ।

उनले प्रधानमन्त्रीलाई राष्ट्रिय सहमति एमाले बाहेक सम्भव छ कि छैन भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘एमाले बाहेकको राष्ट्रिय सहमति खोजिएको हो भने त्यो देशलाई द्वन्द्वतर्फ लैजाने कोसिस हो भन्ने बुझ्नुपर्छ । यस प्रकारको गलत परिभाषा हुनु हुँदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस