सांसद पद रिक्त रहेको सभालाई जानकारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांसद पद रिक्त रहेको सभालाई जानकारी


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराए । उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराएका हुन् ।

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस