विराटनगर महानगरले क्रिकेटर ललित र दिपेशलाई सम्मान गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विराटनगर महानगरले क्रिकेटर ललित र दिपेशलाई सम्मान गर्ने


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई १ लाख एक हजारसहित सम्मान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय टोलीका सदस्य राजवंशी र अन्डर १९ टोलीका सदस्य कँडेललाई सम्मान गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने राजवंशी र अण्डर– १९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकपसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कँडेललाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय भएको मेयर नागेश कोइरालाको सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस