७ सयले घट्यो सुनको मूल्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७ सयले घट्यो सुनको मूल्य


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । सुनको मूल्य आज नेपाली बजारमा घटेको छ । आज सोमबार सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ८ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज १५ रुपैयाँ घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ३३० कायम भएको छ। अघिल्लो कारोबार दिन प्रतितोला चाँदी १ हजार ३४५ रुपैयाँ कारोबार भएको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस