एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय लिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले संसदीय दलको बैठक बस्दै, विश्वासको मतबारे निर्णय लिने


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ ।

संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक आव्हान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे बैठकले निर्णय गर्नेछ ।

आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।

गत पुस १० गते एमाले नेतृत्वको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्ड सरकारबाट एमाले र राप्रपा बाहिरिएसँगै संसद्‍बाट विश्वासको मत लिन लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस