लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी


६ चैत्र २०७९, सोमबार


कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी भएकी छन् ।

तिमिल्सिनाले १६२ मत ल्याएर विजयी भएकी हुन् भने नेवि संघका भाबेस उपाध्यायले १०८ मत प्राप्त गरेका छन् । सचिवमा पनि अनेरास्ववियू क्रान्तिकारीकी पूजा विष्ट २४९ मत ल्याई विजयी भइन् । त्यस्तै, कोषाध्यक्षमा नेकपा एस निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी नियुसा खनाल २९९ मत सहित विजयी भएकी छन् ।

यस्तैगरी सदस्यमा मनीषा भुल, प्रदीप प्रसाद न्यौपाने, प्रकाश धमला, टीका बिसी र सुनिल नेपाली विजयी भएका छन् ।

सदस्यमा विमला बोहरा र सुनिल नेपालीको बराबरी मत आउँदा चिट्ठा मार्फत सुनिल नेपाली विजयी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस