विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदले दिए प्रशिक्षण  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदले दिए प्रशिक्षण 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । बेलायती सांसद (हाउस अफ कमन्सं) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् ।

आइतबार काठमाडौँको होटेल भिभान्तामा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो । 

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए । सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रूपमा वहन गर्न सक्ने उनले बताए । कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका बृहत्तर रूपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले काँग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए । बेलायतमा सांसदलाई सरकारबाट चारजना कर्मचारीको व्यवस्था हुने गरेको उनले सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस