फागुनमा रोजगारीका लागि ६१ हजार ८४५ नेपाली बिदेसिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फागुनमा रोजगारीका लागि ६१ हजार ८४५ नेपाली बिदेसिए


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार बिदेसिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ ।

माघमा ६४ हजार २८४ जना युवा बिदेसिएका थिए । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिसेसमेतको संख्या हो । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा बिदेसिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमार्फत २९ हजार २८८ जना युवा बिदेसिएका छन् । व्यक्तिगत रूपमा जाने नयाँ कामदारको संख्या ५ हजार ५३६ जना छन् । जीटूजीमार्फत २ हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ ।

तथ्याङ्क अनुसार फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जना बिदेसिएका छन् । साउदी अरबमा ९ हजार ५०३ जना पुगेका छन् ।

कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्याङ्क छ । कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस