जसपाले बेलायो विधान अधिवेशन समितिको बैठक  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाले बेलायो विधान अधिवेशन समितिको बैठक 


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक चैत ७ गते बस्ने भएको छ । 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको सो बैठक बस्ने भएको हो ।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसको छ । चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिई सकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस