‘प्रचण्डलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘प्रचण्डलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ’


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ को विषयमा पार्टीहरूका बीचमा सहमति भइसकेको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरूका बीचमा सहमति भइसकेको बताए। उनले सत्तारूढ दलहरूका बीचमा यस विधेयकको सम्बन्धमा सहमति भइसकेको बताए। प्रतिपक्ष दलहरूको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उनको भनाइ छ । 

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने उल्लेख गरे । 

प्रधानमन्त्रीले भोलि (सोमवार) विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस