रुपन्देहीको जनता कलेज छपियामा नेविसंघको प्यानल नै विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुपन्देहीको जनता कलेज छपियामा नेविसंघको प्यानल नै विजयी


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिएका छन् ।

नेविसंघबाट सभापति पदका उम्मेदवार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरूमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको खड्काले बताए ।

यहाँ अनेरास्ववियु र नेविसंघ एकल निर्वाचनमा गएका थिए । अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेले आफ्नो सङ्गठनको पहिलो उपस्थिति भएपनि निर्वाचनमा सहभागिता जनाएको र स्वस्थ प्रतिस्पर्धामा गएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस