विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्याँस प्रहार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्याँस प्रहार


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ ।

कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त सङ्घर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरू नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरू गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नामाङ्कनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि  जिल्ला प्रशासन कार्यालय मोरङले  विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म), मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस