वातावरणमा पारेको प्रभावबारे स्वः अध्ययन प्रतिवेदन बुझाउन ताकेता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वातावरणमा पारेको प्रभावबारे स्वः अध्ययन प्रतिवेदन बुझाउन ताकेता


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । सरकारले देशभरका उद्योगलाई वातावरणमा परेको प्रभावबारे स्वः अध्ययन प्रतिवेदन बुझाउन ताकेता गरेको छ ।

वातावरण विभागले आइतबार एक सूचना जारी गर्दै उद्योग, प्रतिष्ठान र आयोजनालाई यस्तो प्रतिवेदन बुझाउन ताकेता गरेको हो ।

विभागले कानुन अनुसार स्वः अध्ययन प्रतिवेदन बुझाउनु पर्ने भनी तोकिएका सबै कम्पनीलाई यस्तो प्रतिवेदन बुझाउन आग्रह गरेको छ । धेरै उद्योग, प्रतिष्ठानले यस्तो प्रतिवेदन बुझाउँदैनन् ।

विभागले वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार यस्तो प्रतिवेदन नबुझाए कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रस्तावकले निर्माण तथा सञ्चाल गर्ने चरणमा सोबाट वातावरणमा परेको प्रभावबारे हरेक ६ महिनामा स्वः अध्ययन गरी प्रतिवेदन विभागमा बुझाउनु पर्ने नियम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस