काँग्रेसले दियो प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसले दियो प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई नेपाली काँग्रेसले निर्देशन दिएको छ ।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो। 

सोमबार विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ । सत्तारुढ दलहरूको आन्तरिक छलफलपछि मन्त्रालय टुङ्गो लगाइने महतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस