आज पहाडी तथा तराईका भू-भागमा चट्याङ्गसहित वर्षा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज पहाडी तथा तराईका भू-भागमा चट्याङ्गसहित वर्षा


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशका पहाडी तथा तराईका केही भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। यो क्रम आगामी केही दिन जारी रहने महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस