गाडीको ठक्करबाट ७५ वर्षीया महिलाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गाडीको ठक्करबाट ७५ वर्षीया महिलाको मृत्यु


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । तिलगंगामा गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

ना.३ ख ६०६४ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा सिन्धुपाल्चोक जल बिरे गाउँपालिका-९ कि ७५ वर्षीया चन्द्रमाया बस्नेतको शनिबार बिहान मृत्यु भएको हो। उनी सिनामंगल बस्थिन।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस