प्रधानमन्त्रीलाई सांसद गौतमले भनिन् : मूलपानी क्रिकेट मैदान सम्पन्न गर्नुस् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई सांसद गौतमले भनिन् : मूलपानी क्रिकेट मैदान सम्पन्न गर्नुस्


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् ।

काठमाडौँ क्षेत्र नम्बर २ को विकास निर्माण र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने विषयमा छलफल गर्न सांसद गौतम शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

प्रधानमन्त्री दाहालले मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता जनाएको सांसद गौतमले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस