सब-इन्जिनियर १५ हजार घुससहित पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सब-इन्जिनियर १५ हजार घुससहित पक्राउ


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । पोखरामा एक जना सब-इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर प्रविन विकलाई १५ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनी पोखरा महानगरपालिका-२८ मा कार्यरत छन् ।

उनले बाटो निर्माण गर्दा जग्गा मिल्ने गरी बाटो लगिदिने भन्दै घुस मागेका थिए।

सोही सूचनाको आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पोखरा–१४स्थित चाउथेबाट शुक्रबार पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस