सातामा प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सातामा प्रतितोला ५ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार १ हजार ८०० रुपैयाँ थियो । सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा भने बढेर १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ कायम छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ ।

आइतबार एकै दिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६०० रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो । यसका साथै, बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४०० रुपैयाँले बढेको थियो । यसैगरी, यो साता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

गत साताको शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य निरन्तर बढेर १३ सय १० रुपैयाँ पुगेको छ । यसबीचमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस