दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते हुने


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । दाङको महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन चैत ५ गते हुने भएको छ ।

क्याम्पसमा तालाबन्दी गरिएको विषयमा विप्लवको अखिल(क्रान्तिकारी) र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच शुक्रबार भएको सहमति अनुसार स्यववियु निर्वाचनलाई चैत ८ गतेका लागि सारिएको हो ।

विप्लवको अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनका लागि क्याम्पस प्रशासनले आसन्न अनाधिकृत रूपमा रूपमा परिचयपत्र बनाउँदै गरेको भेटिएको भन्दै मंगलबार क्याम्पसमा ताला लगाएको थियो ।

क्याम्पस प्रशासनले अनाधिकृत रूपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै त्यसबारे छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका थिए ।

शुक्रबार अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसी, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष खुमबहादुर केसी(खुमन) र महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु निर्वाचन समितिका संयोजक कुलवीर चौधरी र क्याम्पस प्रमुख भरतराज न्यौपानेबीच भएको छलफल अनुसार अखिल (क्रान्तिकारी)ले गरेका मागलाई सम्बोधन गर्दै स्ववियु निर्वाचन सारिएको हो।

प्रतिक्रिया दिनुहोस