ब्राजिलका पूर्व डिफेन्सिभ लुकासले लिए फुटबलबाट सन्यास « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्राजिलका पूर्व डिफेन्सिभ लुकासले लिए फुटबलबाट सन्यास


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । ब्राजिलका पूर्व डिफेन्सिभ मिडफिल्डर लुकास लिभाले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

मुटुको समस्यापछि लुकासले ३६ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

लिभरपुलका पूर्व खेलाडी लुकासको स्वास्थ्य परीक्षण गराउँदा उनलाई मुटुको समस्या देखिएको थियो । उनले सामाजिक सञ्जालबाट सन्यास घोषणा गरेका हुन् ।

लुकास २००७ मा ग्रेमियाबाट लिभरपुल आएका थिए । लिभरपुलमा १० सिजन बिताउदा उनले ३ सय ४६ खेल खेलेका थिए ।

लिभरपुल छाडेर उनी २०१७ मा इटालियन क्लब लाजियोमा अनुबन्धित भएका थिए ।

ब्राजिलका लागि उनले २४ खेल खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस