शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान


४ चैत्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा चियापानका लागि निम्तो गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मत दिन आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागि शीतल निवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामूहिकरूपमा सांसदहरूसँग भेटघाट गर्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस