उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपतिमा निर्वाचित यादवलाई प्रमाणपत्र प्रदान


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको छ ।

शुक्रवार भएको उपराष्ट्रपति पदको चुनावमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झालाई पराजित गरी विजयी भएका यादवलाई आयोगले उपराष्ट्रपतिको प्रमाणपत्र प्रदान गरेको हो । उनलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र प्रदान गरे । 

प्रमाणपत्र प्रदान एवम् नतिजा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरू र निर्वाचन आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो । 

यादव चुनावमा ३० हजार तीन सय २८ मतभारसहित विजयी भएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस