रास्वपासहितको सात दलीय गठबन्धन बनाउने तयारी « प्रशासन
Logo १० आश्विन २०८०, बुधबार
   

रास्वपासहितको सात दलीय गठबन्धन बनाउने तयारी


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दलले गठबन्धन बनाउने तयारी गरेका छन्।

रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी,आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउन लागेका हुन्।

गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको जनमत पार्टीका नेता बिपी साहले बताए।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो। तर झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतले मत भने दिएनन्।

रास्वपाले भने जनमत पार्टीलाई भोट दिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस