राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आज टेलिफोन गरेर बधाई दिएकी छन् । 

गत सोमबार शपथग्रहण गरे लगत्तै बधाई चिठी पठाएकी राष्ट्रपति मुर्मूले आज साँझ भारतको केरलाबाट पौडेललाई टेलिफोन गरी बधाई दिएकी हुन् । त्यस क्रममा उनले दुई देशको बहु आयामिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । 

भारतको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार टेलिफोन संवादमा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहु आयामिक सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । 

उनीहरूले दुई देशका जनताबीचको मित्रताको बलियो साझेदारी थप सुदृढ गर्ने उपायबारे पनि छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत-नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने विश्वास भारतीय समकक्षी मुर्मूले व्यक्त गरेकी छन् । पौडेल राष्ट्रपतिको कार्यभार सम्हालेपछि पहिलो पटक विदेशी समकक्षीसँग टेलिफोन संवाद भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस