नेपाली क्रिकेटले राष्ट्रको इज्जत र गौरवलाई बढायो : राष्ट्रपति पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली क्रिकेटले राष्ट्रको इज्जत र गौरवलाई बढायो : राष्ट्रपति पौडेल


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । 

आइसिसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् । 

उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रपति पौडेलले खेलाडीहरूको मनोबल बढाउन सरकार लाग्नुपर्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस