कर्मचारी माथिको आक्रमण नरोकिए सेवा अवरुद्ध गर्ने चेतावनी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी माथिको आक्रमण नरोकिए सेवा अवरुद्ध गर्ने चेतावनी 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए कर्मचारीको सुरक्षाका लागि बैंकिङ सेवा नै रोकिन सक्ने चेतावनी उनीहरूले दिएका छन् ।

शुक्रबार चारवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरूको छाता सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको धरपकड, साङ्घातिक हमला, कार्यालयमा तालाबन्दी जस्ता घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ ।

‘अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरू माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, साङ्घातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरूलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार : बैंकका कर्मचारीमाथि आक्रमण 

Tags :
प्रतिक्रिया दिनुहोस