सकियो उपराष्ट्रपति निर्वाचनको मतदान, मत परिणाम आजै आउने « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

सकियो उपराष्ट्रपति निर्वाचनको मतदान, मत परिणाम आजै आउने


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय संसद्का ३११ र प्रदेशका ५१८ सांसदले मतदान गरेका छन्। उपराष्ट्रपति निर्वाचनमा सङ्घका ३३४ र प्रदेशका ५८५ सांसद मतदाता रहने व्यवस्था छ।

निर्वाचनमा राप्रपाका १४ र नेमकिपाका एक जना संघीय सांसदले मतदान गरेनन्। राप्रपा र नेमकिपाले निर्वाचनमा भाग नलिने निर्णय गरेका थिए।

मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। मतगणना साढे ३ बजेबाट सुरु हुने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस