प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : गगन थापा  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : गगन थापा 


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ गते विश्वासको मत पाउने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत लिएपश्चात् सरकार बिस्तार हुने बताए ।

उपराष्ट्रपति उम्मेदवार उठाउँदा गठबन्धनमा असमझदारी भयो, यसले सरकार बिस्तार र विश्वासको मत लिने कुरामा असर गर्ला नि रु भन्ने प्रश्नमा उनले सरकार बनाउने विषयमा भने गठबन्धन एक ढिक्का हुने जिकिर गरे ।

“राष्ट्रपति निर्वाचनपश्चात् गठबन्धन छ । अहिले उपराष्ट्रपतिको निर्वाचनमा केही फरक विचार आए । तर, विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ । सहजतापूर्वक उहाँले विश्वासको मत पाउनुहुन्छ,” उनले भने, “उपराष्ट्रपति निर्वाचनमा एक उम्मेदवार बनाउने हाम्रो कोसिस रह्यो तर सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छौँ भन्ने सहमतिकै आधारमा फरक-फरक ठाउँमा मत हालिएको हो । यसले सरकारको निरन्तरताको विषयमा केही फरक पार्दैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस