गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय स्थापना गर्ने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय स्थापना गर्ने तयारी


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरीमा छुट्टै कार्यालय स्थापना गरेर त्यस क्षेत्रलाई अझै व्यवस्थित गर्ने भएको छ । कोषको स्थापनादेखि नै गुह्येश्वरी मन्दिर क्षेत्र पनि पशुपतिको चार किल्लाभित्र पर्ने ऐनमा व्यवस्था गरिएको छ ।

मन्दिर क्षेत्रलाई थप व्यवस्थित गर्न गुह्येश्वरीमा छुट्टै कार्यालय खोलिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रलाई थप व्यवस्थित गर्न सकिए यहाँ आन्तरिक र बाह्य पर्यटकको भ्रमण बढाउन सकिने विश्वास लिएको कोषले जनाएको छ ।

कोषले २०६८ सालमा पशुपतिनाथ मन्दिरको भेटीघाटी पारदर्शी गर्न नियमावली जारी गरेको थियो । नियमावली अनुसार पशुपति क्षेत्रको मुख्य मन्दिरका रूपमा रहेको पशुपतिनाथको भेटीघाटी पारदर्शी भए पनि गुह्येश्वरी, विश्वरूप, चन्द्रविनायकलगायत महत्त्वपूर्ण मन्दिरको भेटीघाटी व्यवस्थित गर्न अझै नियमावली बन्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस