उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीसहित छ सय बढीले गरे मतदान


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रचण्डले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान जारी छ । निर्वाचनअन्तर्गत बिहान १२ ३० बजेसम्मको मतदानमा ६ सय १० मत खसेको छ ।

निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस