उपराष्ट्रपति पदका लागि मतदान सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति पदका लागि मतदान सुरु


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो ।

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा(एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले)बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभातर्फ ५ सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएको थियो भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसकेका छन् । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस