राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको छ ।

राप्रपाले यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेको थिएन ।

गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका १४ संघीय सांसद र २८ प्रदेश सभा सदस्य मतदाता छन् ।

शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार जना उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस