चलचित्र निर्देशक प्रताप सुब्बाको निधन « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

चलचित्र निर्देशक प्रताप सुब्बाको निधन


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको निधन भएको छ।

सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो। स्थानीय गायक दुर्गा खरेलले बिहीबार दिउँसो १२ बजे निर्देशक सुब्बाको निधन भएको बताए।

गुरुप्रसाद मैनालीको कथामा आधारित परालको आगो मार्फत निर्देशन यात्रा सुरु गरेका सुब्बाले मसाल, बाँच्न चाहनेहरू, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ र भीष्म प्रतिज्ञालगायत चलचित्र निर्देशन गरेका छन्।

चलचित्र निर्देशन गर्नुभन्दा अघि उनले नेपाल र भारत दुवैतिर एकदमै चर्चित रहेको नाटक ‘रातको एक प्रहर’ को निर्देशन गरेका थिए। ​उनले नेपालमा केही समय टेलिशृङ्खला र विज्ञापनमा काम समेत काम गरेका थिए।

निर्देशन छाडेर प्रशिक्षण गर्ने काम अँगालेका निर्देशक सुब्बाले डाइमन्ड इन्स्टिच्युट र सिने युनिभर्स खोलेर काम गर्न थालेका थिए। उनको अन्तिम काम प्रकाश कोविदको उपन्यासमा आधारित ‘देउता’ को निर्माण थियो। केही समयअघि नै सिक्किममा सुटिङ भएको यो टेलिशृङ्खला महामारीको समयमा युट्युबमा सार्वजनिक भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस