बैतडीमा लगातार दुई पटक भूकम्पको धक्का  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीमा लगातार दुई पटक भूकम्पको धक्का 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर २५ मिनेटमा तीन दशमलव दुई र ६ बजेर २६ मिनेटमा तीन दशमलव पाँच रेक्टर स्केलका भूकम्प गएको हो । 

दुवै भूकम्पको केन्द्रबिन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए । 

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस