सहसचिवलाई मन्त्री मोदीको निर्देशन : सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्नुहोस्  « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सहसचिवलाई मन्त्री मोदीको निर्देशन : सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्नुहोस् 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सकारात्मक दृष्टिकोण र सोच राखेर काम गर्न सहसचिवहरूलाई निर्देशन दिएका छन् । 

नेपाल सरकारका सहसचिवहरूका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ४४ औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

सकारात्मक दृष्टिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, “मूल रूपमा अहिले निजामती कर्मचारीहरूले सकारात्मक सोच र दृष्टिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।” 

मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समयअनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो ।

व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए । “केही न केही परिवर्तन गर्नुपर्ने छ, तपाईँहरूले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरू गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु ।”

कर्मचारीहरूमाथि सेवाग्राहीको सकारात्मक दृष्टिकोण नरहेकाले उनीहरूको दृष्टिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । “कर्मचारीहरूमाथि सेवाग्राहीहरूको आक्रोश मात्रै छ, समयमा काम भएन रु सरल ढङ्गमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरू प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ रु यस्ता गुनासाहरू सदाको लागि अन्त्य हुने गरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरूको हो” मन्त्री मोदीले भने ।

मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

मुख्यसचिव शंकरदास वैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्‍याउने काम कर्मचारीहरूको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा. राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता साबित गर्न निर्देशन दिए । 

भदौ २३ गतेबाट सुरु भएको तालिमको बिहीबार समापन भएको हो । तालिमबाट २५ जना सहसचिवहरू दीक्षित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस