राष्ट्रपति पौडेलको सचिवालयमा पाँचजना नियुक्त  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति पौडेलको सचिवालयमा पाँचजना नियुक्त 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच सदस्य नियुक्त भएका छन् । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए ।

त्यस्तै पौडेलका सदाबहार सहयोगी तथा सधैँ स्वकीय सचिवको भूमिकामा रहेका चिरञ्जीवी अधिकारी निजी सचिव नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्की मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त भएका छन् भने नेविसंघका नेता सुशील तिमल्सिनाले पनि सचिवालयमा नियुक्ति पाएका छन् । उनी तनहुँकै हुन् ।

त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् । अन्य विज्ञ सल्लाहकार र सहयोगीहरू क्रमशः नियुक्त हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस