विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदमा पत्र  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीले पठाए संसदमा पत्र 


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन्।

दाहालले बिहीबार ६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुख देवराज घिमिरेलाई औपचारिक पत्र पठाएका हुन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको पत्र प्राप्त गरेको जानकारी दिए।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यस दिन प्रतिनिधिसभामा उपस्थित २७० सांसद मध्ये २६८ जनाको मत पाएका थिए।

तर फागुन २५ गते भएको राष्ट्रपति चुनावसँगै सत्ता गठबन्धनमा आएको हेरफेरका कारण दाहालले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत लिन लागेका हुन। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गरेको दलले फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

Tags :
प्रतिक्रिया दिनुहोस