नेकपा एसले गर्‍यो गृहसहित तीन मन्त्रालयमा दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एसले गर्‍यो गृहसहित तीन मन्त्रालयमा दाबी


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका एक नेताले आफूहरूले रोजेको मन्त्रालय पाउनुपर्ने बताए ।

“माओवादीले प्रधानमन्त्री पायो, काँग्रेसले राष्ट्रपति पायो । जसपाले उपराष्ट्रपति पाउने पक्का भएको छ । गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले हामीले रोजेको तीन मन्त्रालय पाउनुपर्छ,” ती नेताले भने, “महत्त्वपूर्ण मन्त्रालय गृह, अर्थ वा भौतिक योजनामध्ये हामीले रोजेको मन्त्रालय पाउनुपर्छ । त्यसमा गृहमा हाम्रो जोड रहन्छ ।”

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा आफूहरूको दाबी रहने ती नेताले बताए । पार्टीमा औपचारिक रूपमा छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषदमा नेतृत्व गर्ने सम्भावना छ । पार्टीका महासचिव बेदुराम भुसालले पनि आकाङ्क्षा राखेको नेताहरूलेको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस