जनमतले गर्‍यो मल अनुदान कटौतीको विरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जनमतले गर्‍यो मल अनुदान कटौतीको विरोध


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टीले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयको विरोध गरेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गरेका हुन् । उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन् ।

‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस