सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित


२ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।

विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तालिका तोकेको भए पनि महेन्द्रनगरको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा विद्यार्थी सगठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता हुन नसकेको सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकले बताए ।

रजिष्ट्रार पाठकका अनुसार केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण बुधबार मनोनयन दर्ता हुन नसकेको हो ।

अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने छन् । उनका अनुसार विश्वविद्यालयका अन्य १० वटा आङ्गिक क्याम्पसमा भने मनोनयन दर्ता भएको छ ।

साथै कुनै क्याम्पसहरूमा एकल तथा कुनै क्याम्पसमा तालमेल गरेर सङ्गठनहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतका क्याम्पसहरूमा अगामी चैत ८ गते स्ववियु निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस