लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीमा एक करोड तीन लाख भेटी सङ्कलन


१ चैत्र २०७९, बुधबार


 काठमाडौँ । लुम्बिनीस्थित मायादेवी मन्दिरमा दानवापत एक करोड तीन लाख सात हजार रुपैयाँ सङ्कलन भएको छ ।

बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटीवापत सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

आइतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना सुरु गरिएको थियो । आइतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मङ्गलवार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए । फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट सङ्कलित रकम गणना गरिएको थियो ।

अघिल्लो पटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरूको संख्या बढेकाले पनि दानबापतको रकम वृद्धि भएको कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस