बढ्यो दूधको मूल्य  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बढ्यो दूधको मूल्य 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ । संस्थानले डीडीसी दूधको मूल्य प्रति प्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यो मूल्य चैत २ गते (बिहीबार) देखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि संस्थानले बिक्री गर्दै आएको डीडीसी दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नु पर्नेछ ।

तर, लिटरमा भने डीडीसी दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्य वृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो भने बिहीबार (भोलि) देखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

डीडीसीले काठमाडौँ उपत्यकामा चार किसिमका दूधहरू बिक्री गर्दै आएको छ । अरू दूधको मूल्य भने आई नसकेको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस