गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरी छलफल हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि फेरी छलफल हुने


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुङ्गिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए । उनले १० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताए ।

नेता बस्नेतले सरकार विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल सुरु भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस