जितेर देखाउँछु भन्दा पनि काँग्रेसले टिकट दिएन, अव उपचुनाव लड्दिन : स्वर्णिम वाग्ले  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जितेर देखाउँछु भन्दा पनि काँग्रेसले टिकट दिएन, अव उपचुनाव लड्दिन : स्वर्णिम वाग्ले 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले चितवन-२ को उपचुनावमा आफू आकाङ्क्षी नरहेको बताएका छन् ।  डा. वाग्लेले तीन क्षेत्रमा टिकट माग्दा काँग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा भने टिकट दिँदा पनि आफू लड्ने तयारीमा नरहेको बताए । 

“हिजो मैले चितवन-१, गोरखा-१ र काठमाडौँ-५ मध्ये जहाँ टिकट पाए पनि चुनाव लड्छु र जितेर देखाउँछु भनेको थिएँ । तर, काँग्रेसले मलाई टिकट दिएन,” डा. वाग्लेले भने, “अहिले म चुनावको तयारीमा छैन । र, उपचुनावका लागि म आकाङ्क्षी होइन ।” 

चुनावका लागि मानसिक रूपमा तयार हुनुपर्ने र त्यसका लागि आफ्नो रोजाइका क्षेत्र पनि हुनुपर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस