१० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

 १० दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा १० दलको बैठक सुरु भएको छ।

आज अपराह्न सुरु भएको बैठकमा चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल भएको छ। सत्ता गठबन्धनबाट जसपा नेता रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठकमा सहभागी छन्।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टी अध्यक्ष प्रभु शाह र राष्ट्रिय जनमोर्चालगायतका नेता बालुवाटारको बैठकमा सहभागी छन्।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे र मन्त्रिपरिषद् विस्तारबारे पनि कुराकानी हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस